घटना

दुबईबाट फर्किएकी कैलालीकी युवती विमानस्थलमै पक्राउ, बैंकिङ कसुरको मुद्दामा ‘ब्ल्याकलिस्ट’मा रहेको खुलासा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ । दुबईबाट नेपाल फर्किएकी कैलालीकी एक युवती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेकी छन्।

पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका–१, चौमालाकी निर्मला साउद रहेको विमानस्थल प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनलाई सोमबार अध्यागमन प्रक्रिया पूरा गर्ने क्रममा नियन्त्रणमा लिइएको हो।

विमानस्थल प्रहरीका एसपी राजकुमार सिलवालका अनुसार अध्यागमनको विद्युतीय प्रणालीमा बैंकिङ कसुरसम्बन्धी मुद्दाका कारण साउद ‘कालोसूची’मा रहेको देखिएपछि उनलाई पक्राउ गरिएको हो।

पक्राउपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाउन तथा उनीविरुद्ध दर्ता रहेको मुद्दाको अनुसन्धानका लागि साउदलाई कैलाली पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीले बैंकिङ कसुरसम्बन्धी मुद्दामा थप अनुसन्धान सम्बन्धित जिल्ला प्रहरीले अगाडि बढाउने जानकारी दिएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।