मनोरञ्न

सुदूरपश्चिम गाईजात्रा सिजन–२ भदौ १७ मा, मनोज गजुरेलसहित स्थानीय कलाकारको प्रस्तुति रहने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी, १३ साउन । सुदूरपश्चिमको कला, संस्कृति र हास्यव्यंग्य परम्परालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘सुदूरपश्चिम गाईजात्रा सिजन–२’ आयोजना हुने भएको छ।

बैजनाथ सञ्चार प्रालिले मंगलबार धनगढीमा पत्रकार सम्मेलन गर्दै भदौ १७ गते एसटीएस सिनेमा हलमा कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिएको हो।

आयोजकका अनुसार कार्यक्रममा राष्ट्रिय हास्यव्यंग्य कलाकार मनोज गजुरेलको विशेष प्रस्तुति रहनेछ। साथै, सुदूरपश्चिमका स्थानीय कलाकारलाई पनि आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरिनेछ।

कार्यक्रममा हास्यव्यंग्य, प्रहसन, गीत–संगीत तथा विविध सांस्कृतिक प्रस्तुति समावेश गरिने जनाइएको छ। भ्रष्टाचार, सामाजिक असमानता, महिला हिंसा, बालअधिकार र युवा पलायनजस्ता समसामयिक विषयलाई व्यंग्यात्मक शैलीमा प्रस्तुत गरिने आयोजकको भनाइ छ।

कार्यक्रमको प्रवेश शुल्क रु. १,००० निर्धारण गरिएको छ। विद्यार्थीका लागि १० प्रतिशत छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

आयोजकका अनुसार कार्यक्रमले सुदूरपश्चिमको भाषा, कला, संस्कृति र स्थानीय कलाकारलाई राष्ट्रिय स्तरमा परिचित गराउँदै सांस्कृतिक संरक्षण र सामाजिक चेतनामूलक सन्देश प्रवाहमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।