घटना

सोलुखुम्बुमा हजुरबुबाको कुटपिटबाट मृत्यु, नाति पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

सोलुखुम्बु, २० साउन । सोलुखुम्बुमा आफ्नै हजुरबुबामाथि कुटपिट गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। कुटपिटबाट गम्भीर घाइते भएका हजुरबुबाको उपचारका क्रममा मृत्यु भएपछि प्रहरीले आरोपित नातिलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो।

प्रहरीका अनुसार सोलुदुधकुण्ड नगरपालिका–१, लुदुका ५० वर्षीय कृष्ण गोपाल विश्वकर्मामाथि उनका २३ वर्षीय नाति निरबहादुर विश्वकर्माले सोमबार राति कुटपिट गरेका थिए। घटनाबारे सूचना प्राप्त हुनासाथ प्रहरी चौकी नुनथलाबाट खटिएको टोलीले निरबहादुरलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

कुटपिटबाट गम्भीर घाइते भएका कृष्ण गोपाललाई तत्काल उपचारका लागि स्वास्थ्य चौकी नुनथला लगिएको थियो। तर उपचारकै क्रममा मंगलबार दिउँसो उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीले आरोपित निरबहादुरलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ। घटनाको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धानपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

यस घटनाले स्थानीय क्षेत्रमा शोक र चासोको वातावरण सिर्जना गरेको छ। प्रहरीले घटनासम्बन्धी सबै पक्षको अनुसन्धान जारी रहेको जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।