उपचारका लागि भारत गएकी बैतडीकी बिमला एक सातादेखि सम्पर्कविहीन

धनगढी, २७ साउन । बैतडीको दशरथचन्द नगरपालिका–१ की ३० वर्षीया बिमला भुल उपचारका लागि भारतको पिथौरागढ गएका बेला सम्पर्कविहीन भएकी छन् ।
पारिवारिक स्रोतका अनुसार बिमला करिब एक सातादेखि परिवार तथा आफन्तको सम्पर्कमा आएकी छैनन् । उनी दशरथचन्द नगरपालिका–४ मा रहेको माइतीघरमा बसेका बेला उपचारका लागि पिथौरागढ जाने भन्दै घरबाट निस्किएकी थिइन् ।
बिमलाका श्रीमान् हरिश भुलका अनुसार उपचारका लागि भारत गएकी श्रीमती त्यसपछि परिवारको सम्पर्कमा आएकी छैनन् । परिवारले उनको खोजी गरिरहेको जनाएको छ ।
बिमला करिब ५ फिट २ इन्च अग्ली र गहुँगोरो वर्णकी छन् । उनीसँग सम्बन्धित कुनै जानकारी वा उनलाई कतै देखेमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन परिवारले आग्रह गरेको छ ।
साथै बिमलाका श्रीमान् हरिश भुलको मोबाइल नम्बर ९७६७४४०३१८ मा समेत सम्पर्क गरिदिन परिवारले अनुरोध गरेको छ ।
बिमलाका दुई छोरा छन् । उनका श्रीमान् हरिश भने तल्लो शरीर नचल्ने समस्याका कारण पछिल्लो दुई वर्षदेखि घरमै थलिएका छन् । श्रीमती सम्पर्कविहीन भएपछि परिवार थप चिन्तित बनेको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
