देउवालाई विमानस्थलदेखि निवाससम्म प्रहरी सुरक्षा

काठमाडौ, २८ साउन । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएपछि प्रहरीले उनलाई विमानस्थलदेखि निवाससम्म सुरक्षा प्रदान गर्ने भएको छ।
देउवा थाई एयरलाइन्सको उडानमार्फत बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ। अध्यागमन स्रोतका अनुसार उनको विमान दिउँसो १२ः४५ बजे विमानस्थलमा अवतरण हुने पूर्वनिर्धारित तालिका रहेको छ।
काठमाडौँ प्रहरीका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार विमानस्थलको सिनामंगलस्थित मूल प्रवेशद्वार गोल्डेनगेटदेखि महाराजगञ्जस्थित चुनादेवीमा रहेको देउवाको बासस्थानसम्म सुरक्षा व्यवस्था मिलाइएको छ।
देउवा स्वदेश फर्किने भएपछि सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै विमानस्थलदेखि निवाससम्म आवश्यक प्रहरी परिचालन गरिने प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार देउवाको आगमनका क्रममा विमानस्थल क्षेत्रदेखि उनको बासस्थानसम्मको सुरक्षा व्यवस्थापनमा विशेष ध्यान दिइनेछ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
