घटना

लक्ष्मीको मृत्यु प्रकरणमा शंकास्पद चोटका निशान, कोठामा रगतका दाग

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ, ५ भाद्र। लक्ष्मीको शंकास्पद मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान तीव्र पारेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा मृतक लक्ष्मीको अनुहार र टाउकोमा धेरै चोटका निशान भेटिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार लक्ष्मी बस्दै आएको कोठामा समेत रगतका दाग फेला परेका छन्। घटनास्थलको प्रारम्भिक निरीक्षणका क्रममा उनीमाथि आक्रमण भएको हुनसक्ने आशंका गर्ने आधारहरू भेटिएको प्रहरीको भनाइ छ।

यस्तै, घटनास्थलमा लक्ष्मीले आफूलाई बचाउने प्रयास गरेको देखिने प्रमाणसमेत फेला परेको प्रहरीले जनाएको छ। घटनाको प्रकृति र मृत्युको वास्तविक कारणबारे प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ।

प्रहरीले घटनासँग सम्बन्धित व्यक्तिहरूसँग सोधपुछ गर्नुका साथै घटनास्थलबाट आवश्यक प्रमाण संकलन गरिरहेको जनाएको छ। मृतकको पोस्टमार्टम रिपोर्ट तथा थप अनुसन्धानबाट मृत्युको वास्तविक कारण र घटनामा संलग्न व्यक्तिबारे थप तथ्य खुल्ने अपेक्षा गरिएको छ।

प्रहरीले घटनालाई गम्भीरतापूर्वक लिँदै प्रमाणका आधारमा अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।