सुदूरपश्चिम प्रदेश

बडीमालिकामा ४ हजार २०० मिटर उचाइमा नेपाल टेलिकमको 4G सेवा सञ्चालन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बाजुरा, ८ भाद्र । बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा नेपाल टेलिकमले 4G सेवा सञ्चालनमा ल्याएको छ। समुद्री सतहबाट करिब ४ हजार २०० मिटर उचाइमा टावर जडान गरी सोमबारदेखि सेवा सञ्चालनमा ल्याइएको हो।

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भर्चुअल माध्यमबाट बडीमालिकामा 4G सेवाको उद्घाटन गरेका हुन्। दुर्गम तथा उच्च हिमाली क्षेत्रमा सञ्चार पहुँच विस्तार गर्ने उद्देश्यले सेवा सञ्चालनमा ल्याइएको नेपाल टेलिकमले जनाएको छ।

नेपाल टेलिकमका अनुसार नेपाली सेनाको हेलिकप्टरमार्फत आवश्यक उपकरण बडीमालिका पुर्‍याइएको थियो। करिब एक महिनाको निरन्तर प्रयासपछि टावर जडान गरी 4G सेवा सञ्चालनमा ल्याउन सफल भएको टेलिकमले जनाएको छ।

4G सेवा सञ्चालनमा आएसँगै बडीमालिका पुग्ने तीर्थयात्री, पर्यटक तथा स्थानीय बासिन्दालाई सञ्चार सम्पर्कमा सहज हुने अपेक्षा गरिएको छ। विशेषगरी मोबाइल फोन तथा इन्टरनेट सेवा उपलब्ध भएपछि दुर्गम क्षेत्रमा सूचना आदानप्रदान गर्न सहज हुने विश्वास गरिएको छ।

त्यस्तै, बडीमालिका क्षेत्रमा उद्धार तथा सुरक्षामा खटिने नेपाली सेना, प्रहरीलगायतका निकायलाई समेत सञ्चार सम्पर्क कायम गर्न 4G सेवाले महत्वपूर्ण सहयोग पुग्ने बताइएको छ।

उच्च हिमाली तथा दुर्गम क्षेत्रमा सञ्चार सेवा विस्तारले पर्यटन प्रवर्द्धनसँगै स्थानीयको दैनिकी र आपत्कालीन सेवामा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।