घटना

मलेसियामा मृत्यु भएका अछामका दिपक बोहराको शव नेपाल ल्याउन पहल

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं, ८ भाद्र । रोजगारीका सिलसिलामा मलेसिया पुगेका अछामका दिपक बोहराको सडक दुर्घटनामा परी उपचारका क्रममा मृत्यु भएको छ। अछामको मेल्लेख गाउँपालिका–६, षोडशा कालापातल निवासी बोहरा करिब एक साताअघि मलेसियामा भएको सडक दुर्घटनामा गम्भीर घाइते भएका थिए।

दुर्घटनापछि मलेसियामा उपचाररत बोहराको आज उपचारका क्रममा निधन भएको खबर प्राप्त भएपछि उनको शव यथाशीघ्र नेपाल ल्याउन सरकारसँग माग गरिएको छ।

यसै क्रममा परराष्ट्रमन्त्री शिशिर खनाललाई भेटेर मृतक बोहराको पासपोर्ट, वैदेशिक रोजगारीका क्रममा गरिएको बीमासम्बन्धी कागजात, उनलाई वैदेशिक रोजगारीमा पठाउने कम्पनीलगायत आवश्यक कागजात हस्तान्तरण गरिएको छ।

भेटका क्रममा परराष्ट्रमन्त्री खनालले बोहराको शव यथाशीघ्र नेपाल ल्याउन आवश्यक पहल तथा समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

रोजगारीका लागि विदेश पुगेका बोहराको अकस्मात् निधनले परिवार तथा आफन्त शोकमा परेका छन्। उनको शव नेपाल ल्याई परिवारलाई बुझाउने प्रक्रियालाई शीघ्र अघि बढाउन सरकारसँग आग्रह गरिएको छ।

मृतक बोहराको शव नेपाल ल्याउन आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेकोमा परराष्ट्रमन्त्री खनालप्रति आभार व्यक्त गरिएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।