घटना

रसुवा बाढीमा बर्दियाका १६ जना सम्पर्कविहीन, २८ जना सकुशल सम्पर्कमा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बर्दिया । रसुवामा आएको भीषण बाढीपछि बर्दियाका विभिन्न स्थानीय तहका १६ जना सम्पर्कविहीन भएको खबर सार्वजनिक भएको छ।

बुधबार राति पौने ८ बजेसम्म प्राप्त विवरणअनुसार बाँसगढी नगरपालिका–२ का ६ जना, वडा नं. ४ का १ जना, गुलरियाका १ जना र बारबर्दिया नगरपालिकाका ८ जना गरी कुल १६ जना सम्पर्कविहीन रहेका छन्।

सम्पर्कविहीन भएकाहरूको अवस्थाबारे जानकारी नआएपछि परिवार तथा आफन्तमा चिन्ता बढेको छ। उनीहरूको शीघ्र खोजी तथा सकुशल उद्धारका लागि पहल भइरहेको जनाइएको छ।

यसैबीच, रसुवामा रहेका बर्दियाका २८ जना परिवारको सम्पर्कमा आएर सुरक्षित रहेको खबर प्राप्त भएको छ। बारबर्दिया नगरपालिका–९, ढकैलाका २२ जना र बाँसगढी नगरपालिका–२, बिजौराका ६ जना गरी २८ जना सकुशल सम्पर्कमा आएका हुन्।

सम्पर्कमा आएका सबै सुरक्षित रहेको खबरले परिवार तथा आफन्तमा खुसी छाएको छ। सम्पर्कविहीन रहेका १६ जनाको पनि शीघ्र सकुशल उद्धार हुने अपेक्षा गरिएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।