घटना

भोटेकोशी बाढीमा अस्ताए नेपाल सरकारका काबिल शाखा अधिकृत यादव भण्डारी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बुटवल । गुल्मीमा जन्मिएर नवलपरासीको सुस्ता गाउँपालिका–१ मा बसाइँ सरेका नेपाल सरकारका शाखा अधिकृत यादव भण्डारीको रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी निधन भएको छ।

लोक कल्याणकारी विज्ञापन

३७ वर्षीय भण्डारी रसुवाको टिमुरेस्थित अध्यागमन कार्यालयमा अधिकृतका रूपमा कार्यरत थिए। कर्तव्यमा खटिरहेका बेला आएको भीषण बाढीमा परेर उनी बेपत्ता भएका थिए।

लोक कल्याणकारी विज्ञापन

बाढीपछि खोजीका क्रममा नवलपरासीमा उनको शव फेला परेको थियो। शव पोखरा ल्याइएपछि उनका दाजु चुडामणि भण्डारीले पहिचान गरेको जनाइएको छ।

बिज्ञापन

कर्तव्यनिष्ठ, जिम्मेवार र राष्ट्रसेवाप्रति समर्पित भण्डारीको असामयिक निधनले परिवारजन तथा सहकर्मीहरू शोकमा परेका छन्। ३७ वर्षकै उमेरमा भएको उनको निधनले परिवारले आफ्नो प्रिय सदस्य गुमाएको छ भने राष्ट्रसेवाले एक अनुभवी युवा कर्मचारी गुमाएको छ।

भोटेकोशीको विनाशकारी बाढीले भण्डारीको जीवन मात्र खोसेन, परिवारले उनीसँग जोडेर देखेका थुप्रै सपना र भविष्यका योजनासमेत अधुरै बनाइदिएको छ। उनको निधनले परिवारजनमा अपूरणीय क्षति पुगेको छ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन