घटना

भोटेकोशी बाढीपछि कैलालीका अझै ८० भन्दा बढी नागरिक सम्पर्कविहीन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, १४ भाद्र । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि कैलालीका अझै ८० भन्दा बढी नागरिक सम्पर्कविहीन भएको विवरण सार्वजनिक भएको छ। रोजगारी तथा विभिन्न कामका सिलसिलामा रसुवा पुगेका उनीहरू बाढीपछि परिवार तथा आफन्तको सम्पर्कमा आउन नसकेको जनाइएको छ।

प्राप्त विवरणअनुसार सम्पर्कविहीन हुनेमा टीकापुर, धनगढी, गौरीगंगा, जोशीपुर, चुरे, कैलारी, घोडाघोडी र बर्दगोरिया लगायतका स्थानीय तहका नागरिक रहेका छन्।

टीकापुर नगरपालिकाबाट मात्रै समितिपुर, भूपू कमैया बस्ती, एकतापुर, विपतपुर, मनिकापुर, ब्लक नं. १३, ब्लक नं. १४, डाँडाबोझी, ज्योतीनगर र वडा नं. २ लगायत क्षेत्रका नागरिक सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ। टीकापुर–१ समितिपुरका वीरबहादुर चौधरी, सनिशराम थारु, मनिराम चौधरी, राजेश चौधरी, भुवन चौधरी, अन्तराम चौधरी, खुसीराम चौधरी र दीपक चौधरी सम्पर्कविहीन रहेको जनाइएको छ।

त्यस्तै, टीकापुर–१ भूपू कमैया बस्तीका बादल चौधरी, बिफु चौधरी, मानबहादुर चौधरी, शिवनारायण चौधरी र प्रजित डगौरा थारु तथा एकतापुरका राजकुमार थारु, विपतराम चौधरी, आशिष चौधरी र कमला चौधरी सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।

धनगढी उपमहानगरपालिकाका विभिन्न वडाका नागरिकसमेत सम्पर्कविहीन छन्। धनगढी–१२ ए गाउँका शिवशंकर जोशी, वडा नं. २ का विकास ठकुरी, वडा नं. ५ हसनपुरकी पुष्पा शाही र वडा नं. ३ का खरेन्द्र जोशी सम्पर्कविहीन रहेको जनाइएको छ।

यस्तै, गौरीगंगा नगरपालिका–४ का १७ जना, जोशीपुर गाउँपालिका–२ मुद्दीका ७ जना, चुरे गाउँपालिका–३ का ५ जना, कैलारी गाउँपालिका–३ का १ जना, कैलारी–६ का २ जना, घोडाघोडी नगरपालिका–६ का १ जना तथा बर्दगोरिया गाउँपालिका–५ का १ जना सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको छ।

प्राप्त विवरणअनुसार गौरीगंगा–४ बाट गोविन्द तामाङ, विष्णु साउद, नरेन्द्र साउद, रोहन ओली, प्रदीप बोहरा, विक्रम ढकाल, अभिशेर सुनार, रमेश साउद, गोविन्द ओली, सुनिल बुढा मगर, सञ्जय शाही, संगम मगर, सोमबहादुर साहु, मानबहादुर शाही, अनिल चौधरी, सुनिल चौधरी र दिलीप चौधरी सम्पर्कविहीन छन्।

त्यस्तै, जोशीपुर–२ मुद्दीका शैलेश चौधरी, राजकुमार कठरिया, नरेश डगौरा, राजेश डगौरा, फत्ते कठरिया, राकेश थारु र रामप्रसाद कठरिया पनि सम्पर्कविहीन रहेको जनाइएको छ।

चुरे–३ का पदमबहादुर धामी, जनकबहादुर धामी, आनन्द धामी, गोमादेवी धामी र डम्मरा धामी, कैलारी–३ का विश्वराज चौधरी, कैलारी–६ का रोयल चौधरी र विश्व चौधरी, घोडाघोडी–६ का तपेन्द्र कुँवर तथा बर्दगोरिया–५ का भुवन वाग्ले सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।

यद्यपि, बर्दगोरिया गाउँपालिका–६ का सम्पर्कविहीन व्यक्तिको नामावली भने प्राप्त विवरणमा उल्लेख गरिएको छैन। त्यसैले हाल सार्वजनिक भएको सूची प्रारम्भिक विवरण हुन सक्ने देखिन्छ।

भोटेकोशी बाढीबाट रसुवामा ठूलो जनधनको क्षति भएपछि कैलालीमा रहेका परिवार तथा आफन्तहरू आफ्ना सदस्यको अवस्थाबारे जानकारी नपाउँदा चिन्तित बनेका छन्। सम्पर्कविहीन नागरिकको यकिन अवस्था पत्ता लगाउन उद्धार, खोजी तथा सम्बन्धित निकायबीच समन्वयलाई तीव्र बनाउनुपर्ने देखिएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।