प्रवास

तीजको उत्सव स्थगित, विपद् पीडितको सहयोगमा जुट्यो प्रवासी नेपाली सम्पर्क मञ्च सुरतनगर समिति

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

सुरत । प्राकृतिक विपद्का कारण देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भइरहेका बेला प्रवासी नेपाली सम्पर्क मञ्च सुरतनगर समितिले तीज कार्यक्रम स्थगित गर्दै विपद् पीडितको सहयोगमा जुट्ने निर्णय गरेको छ।

लोक कल्याणकारी विज्ञापन

समितिले यस वर्ष आयोजना गर्न लागेको तीज कार्यक्रम स्थगित गरी उक्त कार्यक्रमका लागि छुट्याइएको रकम तथा स्रोतसाधनलाई विपद् प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग गर्ने जनाएको छ।

लोक कल्याणकारी विज्ञापन

बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का कारण धेरै परिवार पीडामा रहेको अवस्थामा उत्सवभन्दा मानवीय सेवाको आवश्यकता बढी रहेको भन्दै समितिले तीज कार्यक्रम स्थगित गरेको हो।

बिज्ञापन

समितिले विपद्मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। साथै, प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सबैलाई आ–आफ्नो ठाउँबाट सहयोग गर्न अपिल गरेको छ।

समितिको यो निर्णयले परदेशमा रहेर पनि मातृभूमिमा आइपरेको विपद्मा साथ र सहयोग पुर्‍याउने प्रवासी नेपालीको सामाजिक उत्तरदायित्व र मानवीय भावनालाई उजागर गरेको छ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन