घटना

चलिरहेको जीपबाट खसेर दार्चुलामा ३० वर्षीय युवकको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

दार्चुला, २१ असोज — दार्चुलाको मार्मा गाउँपालिका–३ बिटुलेमा चलिरहेको जीपबाट खसेर बैतडीको डिलासैनी गाउँपालिकाका ३० वर्षीय सन्तोष जागरीको मृत्यु भएको छ।

लोक कल्याणकारी विज्ञापन

प्रहरीका अनुसार जीपबाट खसेर गम्भीर घाइते भएका जागरीको उपचारका क्रममा मृत्यु भएको हो। घटनापछि प्रहरीले जीप चालकसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।

लोक कल्याणकारी विज्ञापन

घटना शंकास्पद देखिएपछि चालकसहित जीपमा सवार तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। जागरी कसरी र कुन अवस्थामा जीपबाट खसे भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

लोक कल्याणकारी विज्ञापन

घटनाको वास्तविक कारण अनुसन्धानपछि मात्र खुल्ने प्रहरीले जनाएको छ।

लोक कल्याणकारी विज्ञापन
AD