घटना

तापी नदीमा नवविवाहित दम्पतीको शव फेला, खुट्टामा फलामको साङ्लो र ताल्चा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धुले (भारत) — भारतको महाराष्ट्रस्थित धुले जिल्लामा खुट्टामा फलामको साङ्लोले बाँधेर ताल्चा लगाइएको अवस्थामा नवविवाहित दम्पतीको शव फेला परेको छ। तापी नदीमा फेला परेका उनीहरूको मृत्यु आत्महत्या वा हत्या के कारणले भएको हो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

लोक कल्याणकारी विज्ञापन

मृत्यु हुनेमा जलगाउँ जिल्लाको अमलनेर क्षेत्रका ३५ वर्षीय श्याम हरि पाटिल र उनकी १९ वर्षीया श्रीमती सपना पाटिल रहेका छन्। उनीहरूको करिब चार महिनाअघि विवाह भएको थियो। दुवैको शव धुले जिल्लाको सावलदे क्षेत्रनजिक तापी नदीमा फेला परेको हो।

लोक कल्याणकारी विज्ञापन

स्थानीय बासिन्दाले नदी किनारमा बुधबार दिउँसोदेखि एउटा मोटरसाइकल पार्क गरिएको देखेका थिए। त्यसको भोलिपल्ट बिहीबार दिउँसो करिब साढे १२ बजे नदीमा दुई जनाको शव देखेपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए।

बिज्ञापन

सूचनापछि घटनास्थल पुगेको प्रहरीले खोजतलासका क्रममा दम्पतीको खुट्टा फलामको साङ्लोले बाँधेर ताल्चा लगाइएको अवस्थामा शव फेला पारेको थियो। मोटरसाइकलको नम्बरका आधारमा प्रहरीले उनीहरूको पहिचान गरेको हो। त्यसपछि दुवै शवलाई पोस्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा श्यामले घटनाअघि आफ्ना सालोलाई फोन गरेको तथ्य पनि खुलेको छ। प्रहरीका अनुसार उनले बुधबार बिहान करिब १ बजे फोन गरेर ‘सबै कुरा सकियो’ र ‘म जाँदै छु’ भनेका थिए। त्यसपछि उनका सालोले पटक–पटक सम्पर्क गर्न खोजे पनि फोन उठेन।

नरदाना प्रहरीले फोनमा भएको कुराकानी र घटनास्थलमा भेटिएका प्रमाणका आधारमा आत्महत्याको आशंकामा अनुसन्धान अघि बढाएको जनाएको छ। यद्यपि, दम्पतीको मृत्यु आत्महत्याका कारण भएको हो वा उनीहरूको हत्या गरिएको हो भन्नेबारे प्रहरीले निष्कर्ष निकालिसकेको छैन। घटनाको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको छ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन