कृषि

सरकारले तोकेको मूल्यभन्दा कममा धान बेच्न बाध्य किसान

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, ३१ असोज । सरकारले मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६ सय ६० रुपैयाँ तोके पनि व्यापारीले २ हजार ५ सयदेखि २ हजार ६ सय रुपैयाँमा खरिद गरिरहेका छन्। सरकारले तोकेको मूल्य र बजारमा किसानले पाइरहेको मूल्यबीच प्रतिक्विन्टल १ हजार ६० रुपैयाँसम्मको अन्तर देखिएको छ।

लोक कल्याणकारी विज्ञापन

सरकारले निर्धारण गरेको मूल्यमा धान बिक्री गर्न नपाउँदा किसान मर्कामा परेका छन्। उत्पादन लागत बढ्दै गएको अवस्थामा अपेक्षित मूल्य नपाउँदा खेतीबाट उचित आम्दानी गर्न नसकिएको किसानको गुनासो छ।

लोक कल्याणकारी विज्ञापन

सरकारले न्यूनतम समर्थन मूल्य तोक्नुको उद्देश्य किसानलाई कृषि उपजको उचित मूल्य सुनिश्चित गर्नु हो। तर बजारमा व्यापारीले कम मूल्यमा धान खरिद गरिरहँदा सरकारी मूल्यको कार्यान्वयनमाथि प्रश्न उठेको छ।

बिज्ञापन

किसानले सरकारले तोकेको मूल्यमा धान बेच्न पाउने व्यवस्था कहिले कार्यान्वयन हुन्छ भन्ने प्रश्नसमेत उठाएका छन्। किसानको उत्पादनको उचित मूल्य सुनिश्चित गर्न सरकारले प्रभावकारी रूपमा धान खरिद गर्नुपर्ने र सम्बन्धित निकायले बजार अनुगमन गर्नुपर्ने उनीहरूको माग छ।

किसानका समस्या समाधान र कृषि उपजको उचित मूल्य सुनिश्चित गर्ने विषयमा जनप्रतिनिधि तथा सम्बन्धित निकायले चासो दिनुपर्ने देखिन्छ। सरकारले तोकेको मूल्य कागजमा मात्र सीमित हुने कि किसानले व्यवहारमै त्यसको लाभ पाउने भन्ने प्रश्न अहिले महत्त्वपूर्ण बनेको छ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन