कैलाली

विद्यार्थी राजनीतिबाट आएका चार जना रास्वपामा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

लम्की, ३१ असोज । अनेरास्ववियु र अखिल क्रान्तिकारीमा रहेर विद्यार्थी राजनीति गरेका चार जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।

लोक कल्याणकारी विज्ञापन

रास्वपामा प्रवेश गर्नेमा लम्की बहुमुखी क्याम्पसका स्ववियु सभापति तपेन्द्र प्याकुरेल, कैलाली बहुमुखी क्याम्पसका पूर्वस्ववियु सभापति यमराज जोशी, पवन सुनार र विष्णा बोहरा छन्।

लोक कल्याणकारी विज्ञापन

प्याकुरेल अखिल क्रान्तिकारीबाट २०८२ मा लम्की बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भएका थिए। जोशी २०७९ को स्ववियु निर्वाचनमा अनेरास्ववियुबाट कैलाली बहुमुखी क्याम्पसको सभापति निर्वाचित भएका थिए। अखिल क्रान्तिकारीमा सक्रिय सुनार २०७९ र २०८२ मा सोही क्याम्पसको स्ववियु सभापति पदका उम्मेदवार थिए। उनी जेन्जी रेडफोर्सका सुदूरपश्चिम संयोजकसमेत थिए। बोहरा पनि अखिल क्रान्तिकारीमा आबद्ध थिइन्।

बिज्ञापन

धनगढीस्थित रास्वपा सुदूरपश्चिम प्रदेश कार्यालयमा आयोजित कार्यक्रममा उनीहरूलाई कैलाली क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य खेमराज कोइराला, क्षेत्र नम्बर २ का सांसद केपी खनाल र प्रदेश महामन्त्री सन्तोष जोशीले स्वागत गरेका थिए।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन