टीकापुर

टीकापुरको नगर प्रमुखमा उम्मेदवारी दिने तयारीमा यमन सेटी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, ३१ असोज । यमन सेटीले टीकापुर नगरपालिकाको नगर प्रमुख पदमा उम्मेदवारी दिने तयारी गरेका छन्। उनले टीकापुरलाई समृद्ध र व्यवस्थित सहर बनाउने लक्ष्यसहित नगर प्रमुखको उम्मेदवार बन्न आफू इच्छुक रहेको बताएका हुन्।

लोक कल्याणकारी विज्ञापन

सेटीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै टीकापुरका परिकल्पनाकार खड्गबहादुर सिंहले अघि सारेको व्यवस्थित सहरको अवधारणालाई मूर्त रूप दिन उम्मेदवारीबारे सोच बनाएको उल्लेख गरेका छन्।

लोक कल्याणकारी विज्ञापन

उनले नगर प्रमुख पदको उम्मेदवार बन्ने तयारीका लागि स्थानीयवासीसँग सल्लाह, सुझाव र सहयोगको अपेक्षासमेत गरेका छन्।

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन