टीकापुर

मोटरसाइकलको ठक्करबाट टीकापुर मौरनियाँमा पैदलयात्रीको मृत्यु, चालक गम्भीर घाइते

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, ३ कार्तिक । कैलालीको टीकापुर नगरपालिका–४ मौरनियाँमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् भने पछाडि सवार अर्का युवक सामान्य घाइते भएका छन् ।

लोक कल्याणकारी विज्ञापन

खक्रौला सडकखण्डअन्तर्गत डबलसिंह बोहराको घरनजिक सोमबार राति करिब १० देखि ११ बजेको बीचमा भएको दुर्घटनामा टीकापुर–४ मौरनियाँका ६० देखि ६५ वर्षीय लक्षीराम थारूको मृत्यु भएको हो । समाजसेवी राजाराम चौधरीका अनुसार मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका थारूको घटनास्थलमै मृत्यु भएको थियो । उनको शव टीकापुर अस्पतालमा राखिएको छ ।

लोक कल्याणकारी विज्ञापन

प्राप्त विवरणअनुसार टीकापुर–४ कोदैपुर निवासी १६–१७ वर्षीय आयुष चौधरीले चलाएको मोटरसाइकलले पैदलयात्री थारूलाई ठक्कर दिएको थियो । मोटरसाइकलको पछाडि रोशन चौधरी सवार थिए । दुर्घटनामा चालक आयुषको टाउकोमा गम्भीर चोट लागेको छ । उनको टीकापुर अस्पतालमा उपचार भइरहेको छ । पछाडि सवार रोशन सामान्य घाइते भएका छन् । उनलाई प्रहरीले नियन्त्रणमा राखेको जनाइएको छ ।

बिज्ञापन

मृतक थारू पन्द्रैया होटलका सञ्चालक लौटन चौधरीका बुवा हुन् । स्थानीय बासिन्दा बिकी चौधरीका अनुसार मोटरसाइकल चालकसँग सवारी चालक अनुमतिपत्र (लाइसेन्स) थिएन र दुवै युवकले हेल्मेटसमेत लगाएका थिएनन् । मौरनियाँ गाउँमा भइरहेको नाच हेर्न जाने क्रममा मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको उनले बताए ।

मोटरसाइकलमा सवार दुवै युवक क्याम्पसमा अध्ययनरत रहेको र उनीहरूले मादक पदार्थ सेवन नगरेको परिवारका सदस्यले बताएका छन् । यद्यपि, दुर्घटनाको कारण र अन्य विवरणबारे प्रहरीको आधिकारिक पुष्टि हुन बाँकी छ ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन