आस्था /आध्यात्म

७९औँ निरंकारी सन्त समागमको भव्य शुभारम्भ: वास्तविक जागृतिले मात्रै समाजलाई जोड्छ भन्दै मानव कल्याणको सन्देश

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

नयाँ दिल्ली,२४ अक्टोबर।
‘वास्तविक जागृति तब मात्र आउँछ, जब मनुष्यले हर पल परमात्माको उपस्थितिको अनुभूति गर्दै आध्यात्मिकतालाई आफ्नो जीवनमा धारण गर्दछ।’ सतगुरु माता सुदीक्षा जी महाराजले ७९औँ वार्षिक निरंकारी सन्त समागमको पहिलो दिन ‘मानवताको नाम सन्देश’ दिँदै उक्त प्रेरणादायी विचार व्यक्त गर्नुभएको हो।

लोक कल्याणकारी विज्ञापन


चार दिवसीय सन्त समागमको औपचारिक शुभारम्भ सतगुरु माता सुदीक्षा जी महाराज एवं निरंकारी राजपिता रमित जीको पावन छत्रछायामा श्रद्धा र आध्यात्मिक उल्लासका साथ भएको छ। देश-विदेशका लाखौँ श्रद्धालु भक्तहरू सतगुरुको दिव्य दर्शन र पावन सन्देशको लाभ लिन समागम स्थलमा ओर्लिएका छन्। विश्वका विभिन्न मुलुकहरूबाट हजारौँको संख्यामा अनुयायीहरूको उल्लेखनीय सहभागिता रहेको छ।

लोक कल्याणकारी विज्ञापन


शोभायात्रा र सांस्कृतिक अभिनन्दन
समागम स्थलमा सतगुरु माता सुदीक्षा जी महाराजलाई सन्त निरंकारी मण्डलका जनरल सेक्रेटरी सुखदेव सिंह र प्रधान श्रीमती राजकुमारी जीले पुष्पगुच्छा तथा पुष्पहारद्वारा स्वागत गर्नुभएको थियो। त्यसैगरी, निरंकारी राजपिता रमित जीको अभिनन्दन एस. एल. गर्ग र एच. एस. छाबडाले गर्नुभयो। स्वागत पश्चात् दिव्य युगल जोडीलाई फूलहरूले सुसज्जित खुला पालकीमा विराजमान गराई भव्य शोभायात्राका साथ मुख्य मञ्चसम्म लगिएको थियो। सो क्रममा ‘निरंकारी इन्स्टिच्युट अफ म्युजिक एन्ड आर्ट्स’ (NIMA) का ६०० भन्दा बढी विद्यार्थीहरूले भरतनाट्यम् र स्वागत गीतको मधुर प्रस्तुतिमार्फत भावपूर्ण अभिनन्दन गरेका थिए।

बिज्ञापन


आध्यात्मिकता देखावटीपन होइन: सतगुरु माता
सन्त-महापुरुषहरू एकत्र हुनुको मूल उद्देश्य मानव मनमा आध्यात्मिक जागृति बनाइराख्नु रहेको प्रष्ट पार्दै सतगुरु माता जीले भन्नुभयो, “जाति, भाषा, क्षेत्र वा स्वभावको अन्तरभन्दा माथि उठेर प्रत्येक मानिसलाई प्रेम, सम्मान र अपनत्वको भावले स्वीकार गर्नु नै सच्चा आध्यात्मिकता हो।” उहाँले वास्तविक आध्यात्मिक जागृति विचार वा देखावटीपनमा मात्र सीमित नभई व्यवहार, आचरण र सामाजिक कर्तव्यहरूमा पनि प्रकट हुनुपर्नेमा जोड दिनुभयो।


परिस्थिति जस्तै भए पनि परमात्माको इच्छालाई स्वीकार गर्दै प्रत्येक पललाई उहाँकै प्रसादका रूपमा प्रसन्नता, सन्तोष र कृतज्ञताका साथ जिउनु नै सच्चा अध्यात्म भएको उहाँको सन्देश थियो।
विविधतामा एकताको अनुपम दृश्य
विभिन्न संस्कृति, जाति, धर्म र भाषाका श्रद्धालुहरू भेदभावभन्दा माथि उठेर प्रेम र मानव-एकताको सूत्रमा बाँधिएका छन्। यो मनोरम दृश्यले विश्वबन्धुत्वको सन्देशलाई प्रत्यक्ष साकार पारेको देखिन्थ्यो।
यसअघि, हिजो बिहानको मुख्य कार्यक्रम सुरु हुनुपूर्व एउटा विशेष पत्रकार सम्मेलनको आयोजना गरिएको थियो।

जसमा विभिन्न सञ्चारमाध्यमका मिडियाकर्मीहरूको उपस्थिति थियो। पत्रकार सम्मेलनमा समागमको आयोजना, यसको आध्यात्मिक विचारधारा, उद्देश्य र जनकल्याणकारी सन्देशबारे विस्तृत जानकारी गराइएको थियो। आध्यात्मिक जागृति, मानवता, सेवा र विश्वबन्धुत्वको भावनामा समर्पित रहँदै समागमको पहिलो दिन भव्य रूपमा सम्पन्न भएको छ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन