सहयोग तथा उदार

टीकापुरको टमट्टा एकता समाजद्वारा विपद् कोषमा १ लाख ८१ हजार सहयोग

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, ११ कात्तिक । कैलालीको टीकापुरस्थित टमट्टा (ताम्राकार) एकता समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ८१ हजार ३ सय ३५ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

लोक कल्याणकारी विज्ञापन

समाजका अध्यक्ष राजेश कुमार टमाट्टाका अनुसार विपद्बाट प्रभावित नागरिकलाई राहत पुर्‍याउने उद्देश्यले उक्त रकम सहयोग गरिएको हो । विपद्का बेला पीडितलाई सहयोग गर्ने सामाजिक उत्तरदायित्व अन्तर्गत समाजले आर्थिक सहयोग गरेको उनले जानकारी दिए ।

लोक कल्याणकारी विज्ञापन

प्राकृतिक विपद्का कारण समस्यामा परेका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग जुटाउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरिएको जनाइएको छ ।

बिज्ञापन

सामाजिक सेवामा सक्रिय समाजले विपद्का बेला मानवीय सहयोगमार्फत पीडितलाई राहत पुर्‍याउने प्रयास गरेको छ ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन