टीकापुरमा मोबाइल प्रकरण : दुई वडाध्यक्षले चैतमै बुझाएका थिए फोन
लोक कल्याणकारी विज्ञापन

टीकापुर, ११ कात्तिक । महालेखा परीक्षकको प्रतिवेदनमा प्रश्न उठाइएको टीकापुर नगरपालिकाका दुई वडाध्यक्षले मोबाइल फोन चैतमै फिर्ता गरेको पाइएको छ । वडा नं. ६ का अध्यक्ष बलिराम चौधरी र वडा नं. २ का अध्यक्ष दीपक चौधरीले २०८२ चैत २० गते नै नगरपालिकालाई मोबाइल फिर्ता गरेको नगरपालिकाको जिन्सी शाखाले जनाएको छ ।
लोक कल्याणकारी विज्ञापन

महालेखाले मोबाइल खरिद तथा वितरणसम्बन्धी विषयमा प्रश्न उठाएपछि वडाध्यक्षहरूले मोबाइल फिर्ता गरेको विषयमा चासो बढेको थियो । तर, नगरपालिकाको जिन्सी शाखाका अनुसार दुवै वडाध्यक्षले महालेखाको प्रश्न सार्वजनिक हुनुअघि नै मोबाइल फिर्ता गरिसकेका थिए ।
लोक कल्याणकारी विज्ञापन

नगरपालिकाको जिन्सी शाखाले दुवै वडाध्यक्षले मोबाइल फिर्ता गरेको मिति पुष्टि गरेको हो । यससँगै महालेखाको प्रतिवेदनमा उठाइएको प्रश्न र मोबाइल फिर्ताको समयबारे थप स्पष्टता आएको छ ।
बिज्ञापन

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

