आजदेखि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
लोक कल्याणकारी विज्ञापन

टीकापुर, १७ कात्तिक । बालबालिकाको पोषण अवस्था सुधार तथा स्वास्थ्य सुरक्षाका लागि कैलालीका विभिन्न वडामा आजदेखि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान सञ्चालन हुँदैछ ।
लोक कल्याणकारी विज्ञापन

कार्तिक १७ र १८ गते सञ्चालन हुने अभियानअन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ ।
लोक कल्याणकारी विज्ञापन

महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत सबै वडाका बालबालिकालाई औषधि खुवाउने व्यवस्था मिलाइएको छ । स्वास्थ्यकर्मीहरूले आफ्ना बालबालिकालाई नजिकैका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अभिभावकलाई आग्रह गरेका छन् ।
बिज्ञापन

अभियानमा तोकिएको उमेर समूहका कुनै पनि बालबालिका नछुटून् भन्ने उद्देश्यले अभिभावकलाई आफ्ना बालबालिकाको स्वास्थ्यप्रति सचेत रहनसमेत अनुरोध गरिएको छ ।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

