आस्था /आध्यात्म

टीकापुरमा कात्तिक १६ देखि राधाकृष्ण शृङ्गारिक महाआरती महोत्सव संचालन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, १७ कात्तिक ।

लोक कल्याणकारी विज्ञापन

कैलालीको टीकापुरमा सामुदायिक ज्येष्ठ नागरिक मिलन केन्द्र तथा सत्संग भवन निर्माणका लागि राधाकृष्ण टीकापुर शृङ्गारिक महाआरती धर्म जागरण सप्ताह महा महोत्सव आयोजना हिजो कार्तिक १६ गतेदेखि आरम्भ भएको छ ।

लोक कल्याणकारी विज्ञापन

टीकापुर नगरपालिका–१, ब्लक नम्बर २५ स्थित राधाकृष्ण टोलको पिपल चौतारा प्राङ्गणमा कात्तिक १६ देखि २२ गतेसम्म महोत्सव सञ्चालन हुने आयोजकले जनाएको छ ।

बिज्ञापन

सामुदायिक ज्येष्ठ नागरिक मिलन केन्द्र तथा सत्संग भवन निर्माण गर्ने उद्देश्यले आयोजना गर्न लागिएको महोत्सवमा धार्मिक तथा आध्यात्मिक कार्यक्रम सञ्चालन गरिनेछ ।

महोत्सवले धार्मिक जागरणसँगै सामाजिक सद्भाव, आपसी एकता र ज्येष्ठ नागरिकको सम्मान तथा सेवाको भावना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ । साथै, भवन निर्माणका लागि आवश्यक सहयोग जुटाउनसमेत महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन