कृषि

सरकारले तोकेको मूल्यभन्दा प्रतिक्विन्टल एक हजार रुपैयाँ कममा धान बिक्री गर्न बाध्य किसान

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, २० कार्तिक ।

सरकारले मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६ सय ६० रुपैयाँ निर्धारण गरे पनि कैलालीका किसानले त्यसअनुसार मूल्य पाउन सकेका छैनन् । स्थानीय व्यापारीले प्रतिक्विन्टल २ हजार ५ सयदेखि २ हजार ६ सय रुपैयाँमा धान खरिद गरिरहेका छन् । सरकारी मूल्यभन्दा प्रतिक्विन्टल १ हजारदेखि १ हजार १ सय ६० रुपैयाँसम्म कममा धान बिक्री गर्नुपरेपछि किसान मर्कामा परेका छन् ।

लोक कल्याणकारी विज्ञापन

धान भित्र्याउने चटारोमा रहेका किसान उचित मूल्य नपाउँदा चिन्तित छन् । सरकारले समर्थन मूल्य तोके पनि बजारमा त्यसको कार्यान्वयन हुन नसकेको किसानको गुनासो छ । व्यापारीले आफूखुसी मूल्य निर्धारण गर्दा किसानले वर्षभरि गरेको मेहनतको उचित प्रतिफल पाउन सकेका छैनन् ।

बिज्ञापन

सरकारले तोकेको मूल्यमा धान खरिद गर्ने व्यवस्था मिलाउनुपर्ने र त्यसको प्रभावकारी अनुगमन गर्नुपर्ने किसानको माग छ । धान खरिद गर्ने गल्ला तथा व्यापारीका गोदाममा अनुगमन गरी सरकारले निर्धारण गरेको मूल्य कार्यान्वयन भए/नभएको जाँच गर्नुपर्ने आवाज उठेको छ ।

सरकारले किसानको उत्पादनको उचित मूल्य सुनिश्चित गर्न समर्थन मूल्य निर्धारण गरे पनि त्यसको कार्यान्वयनमा सम्बन्धित निकायको ध्यान नपुगेको गुनासो बढेको छ । किसानको हित रक्षाका लागि जनप्रतिनिधि तथा सम्बन्धित सरकारी निकायले समेत चासो नदेखाएको भन्दै स्थानीयस्तरमा प्रश्न उठ्न थालेको छ ।

किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउने व्यवस्था गर्नुका साथै धान खरिदमा भइरहेको मूल्य अन्तरबारे सम्बन्धित निकायले तत्काल अनुगमन र आवश्यक कारबाही गर्नुपर्ने माग गरिएको छ ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन