राजनीति

सुदूरपश्चिममा गठवन्धनबाट बाहिरिने जसपाको तयारी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी । सुदूरपश्चिम प्रदेशमा एक सिट रहेको जनता समाजवादी पार्टीले सत्तारुढ गठवन्धनबाट बाहिरिने भएको छ ।

पाँच दलीय गठबन्धन मध्येको एक दल जसपाले सुदूरपश्चिम प्रदेश सरकारमा आफ्नो पार्टीलाई विभेद गरेको भन्दै गठबन्धनमा रहनुको अर्थ नरहने बताएको हो ।

बिज्ञापन

शुक्रवार सरकार पुनर्गठन हुँदा कांग्रेसका दुई मन्त्री र एक राज्य मन्त्री थपिदा जसपालाई सहभागी नगराएको भन्दै उनीहरू रुष्ट भएका हुन् ।

यस अघि सुदूरपश्चिम प्रदेश सरकारमा माओवादी र एकीकृत समाजवादी पार्टीको सहभागिता रहेको थियो ।

कांग्रेसले सरकारमा सहभागी नगराए गठबन्धन नहुने भन्दै आए पनि कांग्रेसका दुई मन्त्री एक राज्य मन्त्री थपिएका हुन् । तर, जसपालाई वास्ता नगरेको भन्दै गठबन्धन आजै तोड्ने स्रोतको दाबी छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।