राष्ट्रिय समाचार

सार्वजनिक सवारीको भाडा बढ्यो, वैशाख १ देखि लागू

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ । काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडा दर बढेको छ । बागमती प्रदेश सरकारले आगामी वैशाख १ गतेदेखि लागू हुने गरी उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडा बढाएको हो ।

लोक कल्याणकारी विज्ञापन

बागमती प्रदेश सरकारअन्तर्गतको श्रम, रोजगार तथा यातायात मन्त्रालयले शुक्रबार राति जारी गरेको प्रेस विज्ञप्तिमा चैत २४ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक यातायातको भाडा समायोजन गरेको जनाएको छ ।

लोक कल्याणकारी विज्ञापन

भाडा समायोजनसँगै अब यात्रुले चढ्ने बित्तिक्कै र पाँच किलोमिटरसम्मको भाडा २० रुपियाँ तिर्नुपर्ने छ । मन्त्रालयका अनुसार ०–१० किलोमिटरमा २५ रुपियाँ, ०–१५ किलोमिटरमा ३० रुपियाँ, ०–२० किलोमिटरमा ३३ रुपियाँ र २० किलोमिटरभन्दा धेरै दूरीमा यात्रा गर्दा ३८ रुपियाँ तिर्नुपर्नेछ ।

बिज्ञापन

यसैगरी, ट्याक्सी प्रति २०० मिटरको भाडा १० रुपियाँ बनाइएको छ । प्रतीक्षा शुल्क प्रतिमिनेट १.२० रुपियाँ तोकिएको छ भने बढीमा ३० मिनेटसम्म मात्रै प्रतीक्षा गर्न पाइनेछ ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन