राजनीति

एमाले अध्यक्ष ओली सुदूरपश्चिम आउँदै

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार सुदूरपश्चिम आउने भएका छन् । एमाले बझाङ जिल्ला कमिटीले आयोजना गर्न लागेको बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न ओली सुदूरपश्चिमको बझाङ आउन लागेका हुन् ।

सो कार्यक्रममा करिब २ हजार बढी विभिन्न पार्टीबाट नेता कार्यकर्ताहरू एमाले प्रवेश गर्ने जनाइएको छ । सुदूरपश्चिम प्रदेशमा पहिलो पटक यति ठुलो सङ्ख्यामा पार्टी प्रवेश कार्यक्रम आयोजना गर्न लागिएको हो ।

बिज्ञापन

उक्त कार्यक्रममा राष्ट्रिय कलाकारहरूको सांस्कृतिक प्रस्तुतिका साथै स्थानीय झाँकी प्रर्दशन र देउडा प्रतियोगिता समेत आयोजना हुने बताइएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।