घटनाप्रवास

सिमाना पार गर्दै ११ जना भारतीय मुस्लिम पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं बैशाख २२ महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिका–९ बथनाहा गाउँ हुँदै नेपालबाट भारत जान खोजेका ११ मुस्लिमलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा पक्राउ गरिएको वडा नम्बर ९ वडाध्यक्ष बलिराम रायले बताउनुभयो ।

लकडाउन प्रवाह नगरी सीमा पार गर्दागर्दै भारतीय मुस्लिम पक्राउ परेका छन् ।

बिज्ञापन

झोला बोकेर सबैजना लहरै नेपालबाट भारत जाँदै गरेको अवस्थामा उनीहरुलाई प्रहरीको सहयोग लिएर पक्राउ गर्न सफल भएको वडाध्यक्ष रायले बताउनुभयो ।

पक्राउ परेका हरुको घत भारतको पश्चिम बङ्गाल राज्यको कोलकाता भएको बताएका छन् । उनीहरुले महोत्तरीको एकडारा गाउँपालिका–५ कोल्हुवा बगेया गाउँमा लामो समयदेखि जस्तापाताका भाँडाकुँडा र ड्रम बनाउने काम गर्दै आएको बताएका छन् ।

लकडाउनको अवधि थपिदै गएपछि खानपिनमा समस्या भएको भन्दै उनीहरु लुकेर आज बिहानै आफ्नो घरतिर जाँदै गरेको अवस्थामा सीमानाका मै पक्राउ परेका हुन् । पक्राउ परेका उनीहरूलाई अहिले नेपाल प्रहरीले प्रहरीचौकी कट्टिकटैयामा राखेको छ।

उनीहरुलाई नगरपालिकाका प्रमुख, सुरक्षा निकाय, प्रशासनसहितसँग समन्वय गरी क्वारेन्टाइनमा राख्ने वा के गर्ने भन्ने बारे साझा समन्वयले निर्णय गर्ने वडाअध्यक्ष रायले बताउनु भयो।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply