प्रवाससहयोग तथा उदार

पुर्ब आर्मीका क्याप्टेन देशपाण्डे ले प्रवासी नेपालीलाई दिए राहत

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

त्रिलोचन देवकोटा पुणे बाट ।
बैशाख २३ पुना
पुणे जिल्लाका समाजसेवी भारतीय आर्मीका रिटायर्ड अफिसर ( Captain )तथा आर एस एस का सदस्य श्री महाबलेश्वर श्रीनिवास देशपांडे तथा परिवारहरुको अगुवाई मा प्रवासी नेपालीहरु कोरोना भाइरस कोभिड १९ महामारीकाबेला भयावह स्थिति आएकाले छाकटार्न अप्ठेरो भएपछि पुणे जिल्लाको विशालनगर एरियामा रोजगारी गर्दै आएका १८ घरपरिवारका ९६ जना प्रवासी नेपालीहरुलाई खाद्यान्न ,मरमसला लगायतका वस्तुहरु वितरण गर्नु भएको छ।


देशपांडे परिवार लाई जानकारी गराउने पहलकर्ता नेपाल सुदुरपश्चिम प्रदेश अछाम जिल्ला मंगलसेन नगर पालिकाका स्थायी निवासी हाल पुणे जिल्ला औंध निवासी जनक काफ्ले जैशीलाई जानकारी गराउने घनश्याम स्वार र मुकेश कुँवरको विशेष भूमिका रहे पश्चात् राहत जुटाउन र वितरण गर्न सफल भएकोमा दाता र पहल कर्ताका सपरिवारलाई पुणे जिल्ला भारतमा संगठित अखिल भारत नेपाली एकता मंच पुणे नगर समिति र प्रवासी नेपाली संघ भारत पुना नगर समिति को तर्फबाट हार्दिक धन्यवाद ।

बिज्ञापन

साथै आगामी दिनमा देशपांडे परिवार र काफ्ले जैशी परिवार को योगदान रहिरहनेछ भन्ने मा आशा गरेका छन ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply