आस्था /आध्यात्म

समर्पण दिवसको अवसरमा सुर्खेतमा वृहत सत्संग सम्पन्न

बिज्ञापन

लगाम (सुर्खेत), २९ बैशाख । समर्पण दिवसको अवसरमा सुर्खेतमा वृहत सत्संग सम्पन्न भएको छ । सर्खेतको चौकुने लगाममा शनिबार आयोजित उक्त सत्संग समारोहलाई सम्बोधन गर्दै सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलले समर्पण दिवस निरंकारी मिशनमा विशेष गरेर बाबा हरदेव सिंह जी महाराजलाई स्मरण गर्दै उहाँले विश्व मानवलाई पु¥याउनुभएको योगदानलाई ताजा गर्ने गरिन्छ बताउनु भयो ।

बिज्ञापन

उहाँले अगाडि भन्नुभयो, सन्तको संगतमा जाँदा आफ्नो अभिमानलाई त्यागेर जान्छौ भने हाम्रो सत्संगमा गएको पनि लाभ हुन्छ । हाम्रो कोटी योग्यको फल पनि यसै सत्संगबाट प्राप्त हुन्छ । पहिले सत्संगको बारेमा हामी केवल धर्म–ग्रन्थमा सुन्थ्यो तर आज त्यही सत्संग सत्गुरुको कृपाबाट यस मानव योनिमा घरमै बसेर गर्न पाइरहेका छौ, यो हाम्रो लागि ठुलो भाग्य हो । मानव जीवनमा सधैं सेवा, सत्संग, सुमिरण गर्दै जीवन बिताउनु छ, यसबाट कहिल्यै बेमुख हुनु छैन उहाँले सम्झाउनु भयो ।

सेवाको महत्वमाथि प्रकाश पार्दै उहाँले शबरीको उदाहरण दिदै सम्झाउनु भयो कि शबरीले बाल्यकालदेखि बृद्धा अवस्थासम्म मताङ्गे ऋषिको आश्रमको नजिक बसेर कसैले नदेख्नेगरि सधैं रातिको समयमा ऋषि मताङ्गेको आश्रम सफा गर्ने र दिउँसो जंङ्गगलमा गएर बयर खाएर जीवन निर्भाह गर्दै आएकी थिइन तर एक दिन ऋषि मताङ्गले थाह पाएपछि उनलाई सोधे कि तिमी को हौ भन्दा उनले आफू अछूत नारी भिलनी परिवारको शबरी भएको जवाफ दिइन । उनको सेवा भावलाई देखेर ऋषिले भनेकि ‘जाउँ तिमीलाई एक दिन अवश्य रामको दर्शन हुने छ’ भनेर आशीर्वाद दिए । त्यस दिनदेखि उनी राम आउने बाटो कुर्न थालिन तर धरै वर्षसम्म बाटो कुर्दा पनि राम आएनन् यहाँसम्म कि उनी कुर्दा–कुर्दा बृद्धा भइहालिन तरपनि राम आउने बाटो कुरी रहिन । उनको बाटो कुराईको मजाक पनि गरियो । एक दिन भगवन राम आएर उनलाई दर्शन दिदा शबरी खुशीले भावविभोर भएर आफूले खाएका जूठा बयर रामलाई खुवाउनु थालिन । भगवान राम पनि निकै खुशी हुनुभयो र भन्नुभयो कि यतिका वर्षसम्म शबर मेरो बाटो किन कुरेर बस्नुभयो भन्दा उनले भनिन् कि मलाई मुक्नि चाहिएको छ तब रामले उनलाई नवधा भक्तिको बारेमा सम्झाउनुभयो र उनले त्यसलाई आफ्नो जीवनमा अपनाएर आज नवधा भक्तिको कुरा गर्दा शबरीलाई सम्झिने गरिन्छ, उहाँले प्रष्ट पार्नुभयो ।

निरंकारी मिशन ज्ञान–विज्ञानमा आधारित भएको बताउँदै भगवनाले ९ प्रकृतिको संरचना गर्नुभयो तर ती ईश्वर होइनन्, ईश्वर केवल एउटै छ । जस्तै पानीलाई बिभिन्न ठाउँमा बिभिन्न नामले सम्बोधन गर्ने गरिन्छ तर पानी चाहि जहाँ गएपछि त्यही नै हुन्छ, त्यस्तै प्रकार परमात्मालाई पनि विभिन्न धर्महरुमा विभिन्न नामले पुकार्ने गरिन्छ । कोहि ईश्वर–परमात्मा भन्छन् भने कोहि अल्लाह भन्छन्, कोहि गड भन्छन्, कोही वाहेगुरु भन्छन् आदि तर संसारमा परमात्मा केवल एउटै छ । संसारमा हेर्छौ भने आज विभिन्न धर्म, सम्प्रदाय, समुदायमा पहिचानको लागि लडाई छ तर आध्यात्मिक क्षेत्रमा भने कतै लडाई छैन, यहाँ सबै ईश्वरका एक सन्तान छन्, कोहि सानो–ठुलो, धनि–गरीब, कालो–गोरो छैन सबै बराबर छन् । आध्यात्मिकता विशाल छ यसमा कुनै संकिर्णता छैन । विश्वको पूरा मानव परिवारमा यसमा अटाउन सक्छ । त्यसैले निरंकारी मिशन कुनै धर्म वा सम्प्रदाय नभएर एक आध्यात्मिक विचारधारा हो । यहाँ सबै प्रकारका धर्मका मान्छेहरु यस मिशनसंग आवद्ध छन् । सबै किसिमका जातिका मान्छेहरु यसमा आवद्ध छन् । यसर्थ निरंकारी मिशन कुनै धर्म वा सम्प्रदाय नभएर केवल आध्यात्मिक विचारधारा हो उहाँले सम्झाउनु भयो । निजी स्वार्थको कारण आज संसारमा कतैपनि शान्ति छैन, सबै आफ्नो स्वार्थको पछाडि दौडि रहेका छन् जसको फलस्वरुप चारैतिर अशान्ति नै अशान्ति छ । मानव भक्ति गर्नुको साटो काम, क्रोध, लोभ, मोह, अहंकार आदिमा फसेको छ । अरुको प्रति कुनै चासो छैन, हरि भजनको अलिकता पनि ऊसंग समय छैन केवल मायाको पछाडि दौडि रहेको छ उहाँले भन्नुभयो ।

समर्पण दिवसमाथि प्रकाश पार्दै उहाँले भन्नुभयो कि सन् १९२९ मा पाकिस्तानको पेशावर शहरमा बाबा बूटा सिंह जीले कहान सिंहबाट ब्रम्हज्ञानलाई प्राप्त गर्नुभयो । उहाँले आफ्नो आथक प्रयासबाट विभिन्न ठाउँमा ब्रम्हज्ञानलाई फैलाउनुभयो । जो भेटिए पनि तपाईको घर कहाँ हो, कहाँ जाने भनेर सोध्नु हुन्थ्यो जो यस परमात्मालाई जान्न रुचि देखाउँथ्यो त्यस्तालाई ब्रम्हज्ञान दिएर मिशनमा जोडाउनु हुन्थ्यो । समयको अन्तारालपछि उहाँलाई एक महान भक्तसंग भेटभयो, जो पछि गएर बाबा अवतार सिंह जीको रुपमा अवतरित हुनुभयो र े उनलाई सत्गुरुको गद्दी सुम्पेर आफू उहाँका भक्त बनेर जीवन बिताउनु भयो । त्यसपछि बाबा अवतार सिंह जी सत्गुरुको रुपमा आउनुभयो । त्यसपछि बाबा गुरबचन सिंह जी महाराज आउनुभयो जसलाई मिशनको प्रगतिलाई सहन गर्न नसक्ने तत्वहरुले गोलीबाट उहाँले आफ्नो नश्वर शरीर त्याग गरेर यस निराकारमा लिनहुनु भयो । १९४२ देखि १९८० सम्म निरंकारी मिशनमा अनेकौ सन्त–भक्तहरुले मानवताको लागि आफ्नो ज्यानको कुनै प्रवाह नगरेर यस निराकारमा समर्पित भएर प्राणको याहुती दिए । बाबा गुरबचन सिंह जी पछि बाबा हरदेव सिंह जी महाराजले गुरु गद्दी सम्हाल्दासाथ भन्नुभयो कि हामीले बदलाको भावनाबाट प्रेरित नभएर मानव हितको लागि रगत नालीमा होईन, नाडीमा बगाउनु पर्छ भन्ने विश्वलाई सन्देश दिनुभयो । यस वर्ष मात्र मिशनले पचास हजार यूनिट रगत संकलन गरेर विश्वलाई चकित गरेको बताउनुभयो । बाबा हरदेव सिंह जीले आफ्नो पूरा जीवन नै मानव हितको लागि समर्पित गर्नुभयो । हामीले पनि उहाँले देखाएका मार्गदर्शनमा जीवनलाई बढाउन सक्यौं भने तब मात्र बाबा हरदेव सिंह जीलाई सच्चा श्रद्धाञ्जली दिएको सार्थक हुने छ, यो समर्पण दिवस मनाएको पनि सार्थक हुने उहाँले बताउनु भयो ।

उक्त सत्संग समारोहमा चौकुने गाउँपालिका उपाध्यक्ष नर बहादुर बान्तोला, वडा नं. १ का जिरक बहादुर बडुवाल, वडा नं. २ का मायाराम जैशी, सेवादल शिक्षक अर्जुन पार्की, टीका बान्तोला (लगाम सत्संग इंचार्ज), प्रेम एवं धनञ्जय, तेज बहादुर बोहरा, पवित्रा भण्डारी, स.नि.म. नेपालका केन्द्रीय सदस्य देवराज रिमाल, सन्त निरंकारी मासिक पत्रिकाका सम्पादक पूर्ण कुमाल लगाएत स्थानीय सन्त–भक्तहरुले आ–आफ्नो भाव व्यक्त गरेका थिए भने कार्यक्रमको संचालन राजन रेग्मीले गर्नुभएको थियो ।

बिज्ञापन