आस्था /आध्यात्म

सत्गुरु माता सुदीक्षा जी महाराजबाट काठमाडौंको सन्त निरंकारी सत्संग भवनको उदघाटन

बिज्ञापन

काठमाडौं, ०१ चैत्र । सत्गुरु माता सुदीक्षा जी महाराजबाट काठमाडौंको सन्त निरंकारी सत्संग भवनको उदघाटन विशाल सन्त–भक्तहरुको उपस्थितिमा गर्नु भएको छ ।
ललितपुरको हात्तीवन, ईमाडोलमा रहेको उक्त भवनको शिलान्यास बैशाख १९ गते २०७६ साल तदनुसार २ मे २०१९ मा सत्गुरु माता सुदीक्षा जी महाराजको करकमलबाट गरिएको थियो । उद्घाटनको अवसरमा भवनलाई दुलही जस्तै रंगी–चंगी लाईटहरुबाट सिगारिएको थियो ।

बिज्ञापन

काठमाडौंमा पनि राष्ट्रिय स्तरको सन्त निरंकारी सत्संग भवन बन्ने भन्ने शुभ सन्देशबाट खुशी भएर नेपाल अधिराज्य लगाएत देश–विदेशमा रहेका सन्त–भक्त, शुभ–चिन्तकहरुले आफ्नो गच्छ अनुसार चन्दा रकम (सेवा) संकलन गरेर करिब पाँच करोडको हाराहारिमा उक्त भवनको निर्माण सम्पन्न भएको सन्त निरंकारी मण्डल नेपालका कोषाध्याक्ष कृष्णकन्हैया पाठकले बताउनु भयो ।

सत्संग भवनमा भवनको भूईतलामा गाडीहरुलाई पार्किङ गर्न सकिने पार्किङ स्थल बनाईको छ साथै छेउमै मण्डलको एकाउण्ट सेक्सन, पेन्ट्री र सुरक्षा कर्मी बस्ने कोठा बनाईएका छन् भने माथिल्लो पहिलो तलामा सत्संग गर्नको लागि ठूलो हल बनाईको छ भने त्यसको छेऊमा आएका अतिथिहरुलाई बस्ने ब्यवस्थाको लागि दुई कोठाको निर्माण गरिएको छ । त्यस्तै प्रकारले भवनको दोस्रो अथवा माथिल्लो तलामा सत्गुरु माता जीको विश्राम कक्ष तथा त्यसको साईडमा आएका अतिथिहरुलाई बस्नको लागि ६ कोठाको निर्माण गरिएको छ ।

उक्त भवनमा प्रत्येक शनिबार सन्त–भक्तहरु एकत्रित भएर बिहान ११.०० बजेदेखि दिउँसो १.०० बजेसम्म सत्संगको आयोजना हुने गर्छ । स्मरण रहोस सन्त निरंकारी मिशन कुनै धर्म वा सम्प्रादय नभएर एक अध्यात्मिक विचारधारा भएकोले निरंकारी मिशनमा कुनैपनि धर्म, संस्कृति, रितिरिवाज, भेषभूषा, सानो–ठुलो, धनि–गरीब, जाति–पाति आदि सबै जन समुदायका मानवहरु उक्त सत्संगमा उपस्थित भएर निराकार–परमात्माको यशोगान गर्न सकिन्छ ।

उद्घाटन समारोहमा ुसन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावल तथा केन्द्रीय सदस्यहरुले सत्गुरु माता सुदीक्षा जी महाराज तथा निरंकारी राजपिता जीको स्वागत गरेका थिए ।

हिजो नै सत्गुरु माता सुदीक्षा जी महाराजले विशाल सन्त–भक्तहरुको उपस्थितिमा आफ्नो जन्मोत्वस मनाउनु भएको छ । नेपालका सन्तहरु आफूलाई ठुलो भाग्यशाली ठान्डै सत्गुरु माता जीले आफ्नो जन्म दिवस नेपालमा मनाउनु भएकोले धेरै खुशी भएर करिब ३ घण्टासम्म विभिन्न भक्ति रचना प्रस्तुत गरेर संगीतमय वातावरणमा केक काटेर जन्मोत्व मनाउनुको साथै जन्मोत्व कार्यक्रममा सबै श्रद्धालु–भक्तहरु नाचेर–गएर उमङ्ग–उल्लासमय वातावरणमा जन्म दिवस मनाएका थिए ।

बिज्ञापन