प्रवासस्वास्थ तथा सरसफाइ

भारतमा पुनः लकडाउन थपियो मे १७ सम्म लकडाउन रहने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

प्रवास सम्बादाता बैशाख १९
भारत सरकारले लकडाउन लाई निरंतरता दिने भएको छ ।

लकडाउन मे १७ तारिख अर्थात जेठ ४ गतेसम्म सम्म गर्ने निर्णय भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिले संक्रमणको तीव्रता सन्क्रमित भएको नभएको आधार मानी झोन बनाउने र सोको आधारमा खुकुलो र कडाइ गराउने सल्लाह संगै गृहमन्त्रालयले दुई हप्ताको लागि लकडाउन बढाएको हो ।

बिज्ञापन

गृह मन्त्रालयले कोरोना भाइरसको जोखिम भएको क्षेत्रमा कडाइ गरिने र आवतजावतमा पूर्ण रुपमा रोक लगाइने जनाएको छ ।
गृह मन्त्रालयले निर्धारण गरेका झोन हरुमा ओरेन्ज र ‘ग्रीन जोनमा रहेका जिल्लाहरुलाई भने केही छुट दिइने बताएको छ ।

साथै हवाई उडान, रेल, मेट्रो र सडकमाफर्त हुने आवतजावतमा पनि रोक लगाइने छ । तर विशेष उदेश्यले गृहमन्त्रालयको अनुमतिमा भने चलाउन दिइने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारत भरी सङ्क्रमितको संख्या ३५ हजार नाघ्यो

भारतमा कोभिड–१९ सङ्क्रमितको संख्या ३५ हजार नाघेको छ । कोरोना सङ्क्रमितमध्ये ९ हजार ६८ जना भने उपचारपछि निको भएर फर्किएका छन् ।

अहिलेसम्म १ हजार १ सयभन्दा धेरैको ज्यान गएको छ ।

भारतको महाराष्ट्र कोरोना भाइरसबाट अत्यन्त प्रभावित राज्यको रूपमा रहेको त्याहाको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । महाराष्ट्रमा कोरोना भाइरस सङ्क्रमणका कारण ४५९ जनाले ज्यान गुमाएका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply