असईको घाँटी रेटिएकोअवस्थामा शव फेला ,एक जनाको खोजी

कात्तिक ,२
कैलाली जिल्लामाा डियुटिमा खटिएका असईको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ। अर्का एक प्रहरी बेपत्ता छन ।
जुगेडाबाट राती ८ बजे गस्तीमा गएका गोविन्द बिकको शव धनगढी उपमहानगरपालिका – ११ मा रहेको मोहना खोलामा भेटिएको छ।

यस्तैगरी ड्य्युटी सकेर फर्किने समयमा पनि नआएपछि राती नै उनिहरुको खोजन थालिएको थियो। एक प्रहरी रामबहादुर साउद बेपत्ता भएको प्रदेश प्रहरी कार्यालय सुदुरपश्चिमले जनाएको छ।
उनको घाँटी रेटिएको छ भने , खुट्टामापनि चोट लागेको छ,कैलाली प्रहरी प्रवक्त डिएसपी प्रतीक बिष्टले बताए ।
यो घटना नेपाल भारत सीमामा पर्छ ।असई तस्करी नियन्त्रणमा काम गर्दै आएका थिए।
बेपत्ता प्रहरीको खोजी भइरहेको छ। घटना तस्करहरूले घटाएको बुझाइ , प्रदेश प्रहरी प्रमुख उत्तम सुवेदीले बताएका थिए । उक्त कुराको आरोपमा प्रहरीले नौजना लाई पक्राउ गरिसकेको बताएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
