भारतले दियो कोरोना भ्याक्सिनलाई अनुमती

पुष ,१९
कोरोनाभाइरस विरुद्धका दुई खोपलाई आपतकालीन प्रयोगका लागि भारतले अनुमति दिएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार सामाजिक संजालमार्फत दुई कम्पनीका खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिइएको बताएको छ।
सिरमले अक्सफोर्ड विश्वविद्यालय र अस्ट्रजेन्काले बनाएको भ्याक्सिनलाई भारतमा कोभिसिल्ड नाममा उत्पादन गर्न लागेको हो।गत सातामात्र बेलायतले सोही खोपलाई आम प्रयोगका लागि अनुमती दिएको थियो।

सिरम इन्सिचटयुड अफ इन्डियाको कोभिसिल्ड र भारत बायोटेकको कोभ्याक्सिन खोपलाई अनुमति दिएको हो ।
केही समयअघि सार्वजनिक भएका विवरणहरुले कोरोनाविरुद्ध यो खोपको प्रभावकारिता ७०.४ प्रतिशत रहेको बताएको थियो ।
सेरम संसारकै सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी हो । उसले अहिले नै अक्सफोर्ड अस्ट्रजेन्का खोपको ५ करोड डोज बनाएको छ । सेरमले यो खोप भारत सरकारलाई प्रती डोज २ सय ५० र निजी क्षेत्रलाई १ हजार भारुमा बेच्नलागेको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ।
भारतले आगामी ६ महिनामा झण्डै ३० करोड बढी मानिसलाई कोरोमा संक्रमण भएको छ भने डेढ लाखले ज्यान गुमाएका छ्न ।
भारतमा बायोटेकले बनाएको कोभ्याक्सिनको प्रभावकारिताबारे भने विसतृत विवरणहरु सार्वजनिक भइसकेको छैनन ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
