घटना

ललितपुरमा लुटपाट गर्ने चार जना पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

पुस , २४
ललितपुरको च्यासलामा लुटपाट गर्ने तीन महीला एक पुरुषसहीत चार जनालाई प्रहरीले पक्राउ गरेका छ्न ।

महानगरीय अपराध महाशाखाको टोलीले बिहीबार साँझ साढे ५ बजे चार जनालाई पक्राउ गरेको हो।

बिज्ञापन

उनीहरूले १३ गते दिउँसो साढे दुई बजेतिर नुवाकोट घर भई च्यासल बस्ने ५७ वर्षीया धनकुमारी ठकुरीको कोठामा लुटपाट गरेका थिए।

यस्तैगरी पक्राउ पर्नेमा ताप्लेजुङकी २८ वर्षीया निर्मला राई, ३० वर्षीया सुस्मिता डिम्डो, २९ वर्षीया लबिन तामाङ र २६ वर्यीय भरत मगर रहेका छन ।

उनीहरूले ठकुरीको कोठामा गई लोभलालच देखाइ दुई वटा सी माला, एउटा पहेँलो पत्थर, एउटा पहेँलो टल्किने धातु र १४ वटा पूराना सिक्का लुटेर लगिएका थिए।

धनकुमारीले लुटपाट गरेको उजुरी परेपछि प्रहरीले खोजी सुरू गरेको थियो। प्रहरीले उनीहरूमाथि थप अनुसन्धान जारी रहेको बताएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply