घटना

ट्रयाकटर दुर्घटनामा परि एक जना पुरुषको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

पुष ,२८
बाजुरामा ट्रयाकटर दुर्घटना हुँदा एकको मृत्यु भएको छ।

बाजुराको बढिमालिका -९ नगरपालिका चौराटी खेतमा गएराति ट्र्याक्टर दुर्घटना हुँदा एक जना पुरुषको मृत्यु भएको छ।

बिज्ञापन

मृत्यु हुनेमा स्वामीकार्तिक खापर गाउँपालिका–४ छापुका ६० वर्षीय धननाथ योगी रहेका छन्।

उपचारका क्रममा जिल्ला अस्पताल बाजुरामा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले बताएको छ।

ट्र्याक्टर दुर्घटना हुँदा सडकभन्दा एक सय मिटर तल खसेको प्रहरी निरीक्षक ठगुन्नाले जानकारी दिए ।

खाली रहेका ग्यासका सिलिण्डर बोकेर तिपाडा जाँदै गर्दा चौराटी खेत नजिकै दुर्घटनामा परी घाइते भएका योगीको उपचारका क्रममा मृत्यु भएको उनले बताए।

ट्र्याक्टर चालक भने फरार रहेको प्रहरीले जनाएको छ। ट्र्याक्टरको नम्बर प्लेट नभएकाले फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जानकारी दिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply