विकास

नेपालमा आइपुग्यो भारतले अनुदान दिएको कोरोना खोप

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

माघ ,८
भारतले अनुदानमा दिएको कोरोनाभाइरसविरूद्धको १० लाख डोज भ्याक्सिन बिहीबार बिहान काठमाडौं आइपुगेको छ।

भारतले बुधबारदेखि छिमेकी देशहरूमा अनुदानमा कोरोना भ्याक्सिन दिन थालिएको हो।

बिज्ञापन

बिहीबार बिहान ११:५३ बजे एयर इन्डियाको जहाजबाट खोप त्रिभुवन विमानस्थलमा ल्याइएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताएको छ।

खोप लगाउने कार्यक्रम कहिलेदेखि सुरू हुन्छ भन्ने खुलाइएको छैन। भारतमा अहिले कोरोनाविरूद्धका दुई खोप उत्पादन भइरहेका छन्।

भारतले दिएको खोप ४ लाख मानिसलाई लगाउने सरकारको तयारी छ। सरकारले फ्रन्टलाइनमा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालकहरूलाई पहिलो चरणमा खोप लगाउने जानकारी दिएको छ।

अक्सफोर्ड विश्वविद्यालय र अष्ट्रेजेन्काले विकास गरेको खोपलाई भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरिरहेको छ भने भारत बायोटेकको अर्को भ्याक्सिन भारतमै बनेको हो।

यस्तैगरी नेपाल सरकारले अक्सफोर्ड-अष्ट्राजेन्काको भ्याक्सिनलाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेको छ।

भारतीय सञ्चारमाध्यमहरूले पहिलो चरणमा पठाइने खोप अनुदानमा दिइने र त्यसपछि पैसा लाग्ने उल्लेख गरेका छन्।

अघिल्लो साता भारत भ्रमणमा गएका बेला परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले पनि कोरोना खोपका उपलब्ध गराउनेबारे भारतीय अधिकारीहरूसँग कुराकानी गरेका थिए।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply