घटना

जुम्लामा आगलागी हुँदा २५ घर जलेर सखाप

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

माघ ,१४

जुम्ला पोखरीस्थित तिला गाउँपालिका -७ गोठीगाउँमा लागेको आगोबाट जलेर २५ घर सखाप भएका छन्।

बिज्ञापन

सदरमुकाम जुम्ला खलङ्गादेखि ३५ किलोमिटर दूरीमा रहेको उक्त गाउँमा मङ्गलबार सुधारिएको चुल्होको पाइपबाट छतमा भएको घाँँसमा सल्केको आगो गाउँभरि फैलिएपछि २५ घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक युवनकुमार चौधरीले जानकारी दिएको छ।

स्थानीयवासीले दिएको जानकारी अनुसार आगलागी साँझ करिब ७ बजेतिर भएको रहेछ‘ उनले भने।

खबर पाउने बित्तिकै तिला–१ रारालिही प्रहरी चौकीका इञ्चार्ज प्रहरी नायब निरीक्षक भुपेन्द्रबहादुर शाहीको नेतृत्वमा तीन र कुडारी प्रहरी चौकीका प्रहरी जवान नरेन्द्र देउवासहित तीन गरी छ जनाको टोली तत्काल घटनास्थलमा पुगेको थियो।

यस्तैगरी ,घरसँगै २० देखि २५ पशुचौपाया जलेर मृत्यु भएको उनले बताए ।

सदरमुकाम जुम्लाबाट प्रहरी निरीक्षक नवीन थापा मगरको नेतृत्वमा १५, सशस्त्र प्रहरी सहायक निरीक्षक लक्ष्मीप्रसाद शर्माको नेतृत्वमा ११ गरी २६ प्रहरीको जनशक्ति घटना स्थालमा पठाइएको जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए ।

गाउँमा एउटा मात्र खानेपानीको धारा भएको र विकट भूगोलका कारण पनि ठूलो क्षति हुन पुगेको प्रजिअ थापाले जानकारी दिएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply