अवर्गीकृत

माओवादी शब्दले जनतामा नकारात्मक प्रभाव पर्ने देखिए पछि पार्टीको नाम परिवर्तन गर्दै प्रचण्ड

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलाली २८ फागुन नेकपा माओवादी केन्द्रको नामले जनतामा नकारात्मक प्रभाव पर्ने देखिपछि संगठनबलियो बनाउन पार्टीको नाम फेर्ने तयारी रहेको पार्टी अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डको तयारी रहेको स्रोतले जनाएको छ।

माओवादी केन्द्रले एमाले संग पार्टी एकता गरे संगै नेपाल कम्युनिस्ट पार्टी नेकपा नाम रहेको पार्टीमा एमालेका अध्यक्ष के पी शर्मा ओली तथा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्ड दुबै अध्यक्ष रहेका थिए ।

बिज्ञापन

अदालतको पछिल्लो फैसलाले दुबै पार्टी आ आफ्नो पुरानो अस्तित्वमा फर्किए पछि नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको रुपमा फर्केको हुदा उक्त पार्टीको नाम परिवर्तन प्रस्ताव गर्ने सम्बन्धि छलफल भएको तर कुनै निर्णय
नभएको बताए ।

बुधबार बसेको पार्टीको नेकपा माओवादी केन्द्रको स्थाइ कमिटी बैठकमा नेपाल कम्युनिस्ट पार्टी नेकपा नाम ऋषि राम कटेलको रहेको अदालतले निर्णय गरेपछि माओवादी केन्द्र लाई परिवर्तन गरि नेपाली कम्युनिस्ट पार्टी अथवा नेपाल कम्युनिस्ट पार्टी संगै अन्तमा केहि थप्ने प्रस्ताव गरेको पार्टीका नेता नारायणकाजी श्रेष्ठले जनाए ।

यस अघि नै प्रचण्डको नेतृत्वमा रहेको पार्टीका नाम हरु परिवर्तन गर्दै निम्न अनुसार रहिसकेका छन। राष्ट्रिय जनमोर्चा नेपाल ,मोटोमसाल ,नेकपा माओवादी ,एनेकपा माओवादी र माओवादी केन्द्र यति धेरै नाम परिवर्तन गर्दै जादा सम्म पनि प्रचण्ड को प्रभृती नबदलिएको कारण उनका गुरु मानिएका मोहन बैध्य किरण ,बाबुराम भट्टराई ,नेत्र विक्रम चन्द ,गोपाल किराँती ,लगायतका उनका शहयोद्धा हरुले यस अघि नै उनको स्वभावले पहिले नै साथ छोडिसकेका हुन ।

पछिल्लो समयमा पनि उनका सहयोद्दा हरुले साथ छोडेर नेकपा एमाले मै रहने निर्णय गरेका छन राम बहादुर थापा बादल ,लेखराज भट्ट ,टोपबहादुर रायमाझी ,मणि थापा, लगायतला सयौं नेता कार्यकर्ता हरु रहेका छन।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply