सिराहामा बम विस्फोट ७ जना घाइते

चैत्र १ कैलाली
सिराहामा बम विस्फोट हुदा ७ जना घाइते भएका छ्न।
लाहान नगरपालिकास्थित रहेको मालपोत कार्यालयमा बम भएको विस्फोटको हो। तराई जनतान्त्रिक मुक्ति मोर्चा गोइत समूहले फालेको पर्चा भेटिएको स्रोतले जनाएको छ।
विस्फोट भएको ठाउँमा उक्त समुहले लेखेको पर्चा भेटिएको छ ।
पर्चामाको आधारमा सोही समूहले प्रेस कुकर बम विष्फोट गराएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।
विस्फोट बाट घाइते भएका हरु मध्ये एकजना सेवाग्राही दिनेकुमार भण्डारीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी शालिग्राम शर्माले संचारलाई जानकारी दिए । घाइतेहरुको सबैको लहानको सप्तऋषि अस्पतालमा उपचार भइरहेको उनले बताए ।

डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
