अवर्गीकृत

पतन्जली योग नेपाल को सुदुरपश्चिममा ऐतिहासिक कार्यक्रम सम्पन्न

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

चैत ६ कैलाली
पतन्जली योग नेपालको सुदुरपश्चिम प्रदेशमा ऐतिहासिक कार्यक्रम सम्पन्न भएको छ।

कैलाली जिल्लाको लम्की चुहा नगरपालीकामा रहेको चन्द्रमौलीश्वर मन्दिरको सभाकक्षमा पतन्जली योग पिठ हरिद्वारका प्रतिनिधि साध्वी देव आदितीको प्रमुख आतिथ्यमा बिहीबार बिहानको योग सत्र पछि एक ऐतिहासिक कार्यक्रम भएको हो।

बिज्ञापन

पतन्जली योग कैलाली जिल्ला सह संयोजिक खडानन्द सापकोटाको अध्यक्षतामा तथा सर्वानन्द चपाइको संचालनमा कयोग साधना संबंधि कार्यक्रम भएको थियो ।

हरिद्वार योग पिठमा जीवन नै समर्पित गरेकी साध्वी देव आदितिले आफुले सिकेको योग विज्ञान तथा चिकित्सा शिक्षा उपस्थित सहभागीलाई साभार गर्दै जीवन आनंदमय बनाउन योग अपरिहार्य रहेको भन्दै अगाडि थाप्नु भयो बिश्वले झेलेको कोभिड-१९ले उक्त कुरा प्रमाणित गरेको बताउनुभयो ।

साथै विभिन्न रोगको एउटै निदान योग रहेको बताउदै उपस्थित महिला हरुलाइ आ आफ्नो अनुभव तथा रोगको बारेमा सोधपुछ गरि त्यसको सरल उपचार पनि बताउनु भएको थियो ।

उक्त औपचारिक योग साधना कार्यक्रममा निशेशानन्द महराजको विशिष्ट आतिथ्य रहेको थियो भने पतन्जली अतिथि हरुमा योग नेपालका महिला केन्द्रिय सदस्य कमला सापकोटा ,प्रदेश अध्यक्ष कासिनाथ भट्ट लगायत प्रदेश जिल्ला तथा नगरका जिम्मेवार पदाअधिकारी हरुको बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रममा चन्द्रमौलीश्वर मन्दिर परिसरमा रहेको गुरुकुल शिक्षामा अध्ययनरत बाल बटुक हरुले स्वस्तीवाचन तथा कविता वाचन गरेका थिए भने सालिकराम शर्मा, सर्वानन्द चपाइले भजन प्रस्तुत गरेका थिए ।

पातन्जल योगका केन्द्रिय सदस्य दीर्घ राज गिरि र केदार भन्डारी पुनः पतन्जली योग सस्थामा समाहित भएकाछन।
गिरि टीकापुर क्षेत्रका चर्चित योगि हुन भने भन्डारी लम्की क्षेत्रका हुन। गिरिले केहि समय यता टीकापुर क्षेत्रको जेसिस हलमा पातन्जल योग नेपालमा रहि योग प्रशिक्षण दिदै आइरहेका थिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply