घटनाव्याक्ती बिशेष

३३बर्ष देखि नेपालमा होटल चलाउदै आएका भारतीय नागरिकको साहुको निधन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, २९ बैशाख
कैलालीको टीकापुरस्थित चन्दर मिष्ठान्न भण्डार तथा खाजा पसल चलाउदै आएका होटल सञ्चालक भारतीय नागरिक चन्द्रप्रकाश साहुको ५७ वर्षको उमेर बुधबार निधन भएको छ ।

विगत ३३ वर्षदेखि टीकापुरमा होटल तथा मिष्ठान्न भण्डारबाट सेवा पुर्‍याउँदै आइरहेका साहु विगत केही समयदेखि कलेजो सम्बन्धी रोगबाट पीडित रहँदै आएका थिए ।

उनको बुधबार दिउँसो करिव १ वजे भारतको बरेलीमा उपचारका क्रममा निधन भएको हो ।
उनका छोरा रिशु साहुले बुधबार राति पलियाबाट दिएको जानकारी अनुसार चन्दरको १२ दिन काठमाण्डौंमा उपचार गराउँदा पनि कुनै सुधार नभएपछि उपचारका लागि बरेलीमा अस्पतालमा भर्ना गर्ने क्रममा निधन भएको हो ।
साहुको शव बुधबार राति नै उनको निवास तिकुनियाँ पुर्‍याइने र विहीबार मात्रै पारिवारिक संस्कार अनुसार अन्त्येष्टी गरिने छ ।

रेडियो नमस्तेको फेस्बुका वाल बाट साभार

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply