८० मध्ये ७२ दलले सबै जिल्लामा निर्वाचनमा भाग लिने भएका छन्
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । वैशाख ३० मा हुने निर्वाचनका लागि ८० दलले दल दर्ताका लागि निवेदन दिएको आयोगले जानकारी दिएको छ । तीमध्ये ७२ वटा दलले ७७ जिल्लामै निर्वाचनमा सहभागी हुने गरी दर्ताका लागि निवेदन दिएको आयोगले जानकारी दिएको छ ।
आयोगका सहायक प्रवक्ता तथा सूचना अधिकारी सूर्यप्रसाद अर्यालले कागजपत्र नपुगेको दल भए निर्वाचनमा भाग लिन योग्य नहुने बताएका छन् ।
“८० दल मध्ये करिब ७२ दलले सबै जिल्लामा निर्वाचनमा भाग लिनेगरी निवेदन दिनुभएको छ । त्यही आधारमा हाम्रो मतपत्र डिजाइन हुन्छ,” सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले भने ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
बिज्ञापन

