राजनीति

राजाको डर देखाएर जनतालाई मूर्ख बनाउने दिन गए : लिङ्देन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

सिन्धुलीमाडी । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजाको डर देखाएर जनतालाई मूर्ख नबनाउन कांग्रेस, एमाले र माओवादीलाई चेतावनी दिएका छन् ।

सिन्धुलीमाडीमा शनिबार आयोजित सभामा बोल्दै अध्यक्ष लिङ्देनले गणतन्त्रका नाममा ठूला दलले लुटतन्त्र मच्चाएको आरोप लगाए ।

बिज्ञापन

साँढे गोरुबाट दूधको आशा गर्नु र कांग्रेस, एमाले, माओवादी केन्द्रबाट परिवर्तनको आशा गर्नु उस्तै रहेको अध्यक्ष लिङ्देनको भनाइ थियो । आउँदो स्थानीय तह निर्वाचनमा डर, त्रास र भयमुक्त भइ परिवर्तनको पक्षमा मतदान गर्न अध्यक्ष लिङ्देनको अपील थियो ।

गाँजा खेती र भारतको विहारमा लालु शासनको चर्चा गर्दै अध्यक्ष दिङ्देनले विकास भएर पुल बनेमा गाँजा खेतीमा प्रहरी प्रशासनको आँखा लाग्ने भन्दै जनतालाई झुक्याएको जस्तै अहिले भइरहेको उनको भनाइ थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।