राजनीति

चुनावमा गठबन्धनको सम्भावनालाई नकार्न सकिँदैनः डा. महत

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बाँके । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले आगामी स्थानीय निर्वाचनमा गठबन्धनको सम्भावनालाई नकार्न नसकिने बताएका छन् । सल्यानको एक कार्यक्रममा सहभागी हुने क्रममा शनिवार दिउँसो नेपालगञ्जमा उत्रिएका प्रवक्ता डा. महतले नेपाल प्रेस युनियन बाँकेद्वारा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् ।बाँकेबाँक । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले आगामी स्थानीय निर्वाचनमा गठबन्धनको सम्भावनालाई नकार्न नसकिने बताएका छन् । सल्यानको एक कार्यक्रममा सहभागी हुने क्रममा शनिवार दिउँसो नेपालगञ्जमा उत्रिएका प्रवक्ता डा. महतले नेपाल प्रेस युनियन बाँकेद्वारा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् ।

“गठबन्धनको सम्भावनलाई नर्कान सकिँदैन”, प्रवक्ता डा.महतले भने, “यस विषयमा पार्टीको केन्द्रीय समितिमा छलफल हुन्छ । गठबन्धन गर्दा बढी सिट जितिन्छ भन्नेमा सहमति बन्यो र इच्छुक दलहरुको उपयुक्त प्रस्ताव आयो भने गठबन्धन हुन्छ । प्रस्ताव कस्तो आउछ त्यसमा भरपर्दछ । विनविन पोजिसनमा हुन सक्छ ।”
उनले हरेक पार्टीको लक्ष्य निर्वाचनमा सकेसम्म बढी सिट जित्ने भएकोले गठबन्धन गर्दा धेरै सिट जित्ने देखियो भने गठबन्धन हुने र त्यसको मोडेल केन्द्रले निर्धारण गर्ने पनि बताए ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।