पाकिस्तानका प्रधानमन्त्री खानविरुद्ध अविश्वास प्रस्ताव पारित

एजेन्सी । समाचार एजेन्सीहरूले जनाएअनुसार पाकिस्तानको संसद्ले प्रधानमन्त्री इमरान खानविरुद्ध राखिएको अवश्वासको शनिबार प्रस्ताव पारित गरेको छ ।
खानले आफूविरुद्ध अविश्वासको प्रस्ताव पारित हुनेदेखेपछि संसद् भङ्ग गरेर मध्यावधि निर्वाचन गराउन खोजेका थिए । पाकिस्तानको सर्वोच्च अदालतले संसद् भङ्ग गर्ने निर्णय खारेज गरेपछि अविश्वासको प्रस्तावमा मतदान भएको थियो ।
पाकिस्तानको नेश्नल एसेम्बलीमा ३४२ सदस्य छन् । अविश्वासको प्रस्तावमा १७४ मत परेको थियो ।

इमरानले आफूलाई सत्ताबाट हटाउन अमेरिकाको नेतृत्वमा षड्यन्त्र रचिएको दाबी गरेका छन् । उनले नयाँ सरकारलाई स्वीकार नगर्न पनि स्पष्ट पारेका बीबीसीले जनाएको छ ।
पाकिस्तानको इतिहासमा प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव सफल भएको यो पहिलो पटक हो ।
यसैबीच, सोमबार पाकिस्तान एसेम्बलीको महत्वपूर्ण सत्र हुँदै छ । जसमा नयाँ प्रधानमन्त्रीको चयन हुनेछ । नयाँ प्रधानमन्त्रीले आगामी निर्वाचन अर्थात् २०२३ अक्टोबरसम्म पदभार ग्रहण गर्नेछन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
