गठबन्धनदलले सातवटै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने

काठमाडौ । सत्तारुढ गठबन्धनले सातवटै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने भएको छ ।
स्थानीय तह चुनाव तयारी तथा अनुगमन समितिको बैठकले १८ देखि २२ वैशाखसम्म चुनावी सभा गर्ने निर्णय गरेको हो । बैठकमा सहभागी नेताहरुका अनुसार चुनावी सभालाई गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने छन् ।

तालिकाअनुसार १८ गते सुदूरपश्चिमको धनगढी र कर्णालीको सुर्खेतमा सभा आयोजना हुनेछ । १९ गते लुम्बिनीको बुटवल र गण्डकीको पोखरामा तथा २० गते मधेशको जनकपुरमा र प्रदेश १ को विराटनगरमा हुनेछ । अन्तिम दिन २२ गते वागमतीको काठमाडौंमा संयुक्त आमसभा गर्ने तय भएको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
