फेरि कोरोना संक्रमण बढ्दै, कोहोलपुरमा ४ जना कोरोना संक्रमितको मृत्यु

कोहलपुर । कोहलपुर स्थित नेपालगञ्ज मेडिकल कलेजमा सोमबार राति र मंगलबार बिहान गरी थप ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया ६ कैलालीका ८० वर्षीय पुरुष छन् । उनलाई वैशाख १४ गते कोरोना संक्रमण पुष्टि भएपछि १५ गते अस्पताल भर्ना गरिएको थियो । उनको सोमबार राति ११ः५० मा निधन भएको हो ।
त्यस्तै, नेपालगन्ज उमनपा १० स्थायी वासिन्दा ७० वर्षीया वृद्धको सोमबार राति ११ः ४० मा मृत्यु भएको छ । वैशाख १८ गते अस्पताल भर्ना भएका उनको १७ गते पीसीआर परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको थियो ।

धनगढी १८ कैलालीका ५५ वर्षीय पुरुषको पनि मंगलबार मृत्यु भएको छ । उनी वैशाख १९ गते कोरोना पुष्टि भएपछि २० गते अस्पताल भर्ना भएका थिए ।
मंगलबार बिहान बैजनाथ गाउँपालिका ५ की ६२ वर्षीया महिलाको पनि कोरोनाका कारण मृत्यु भएको छ । उनी पनि १९ गते कोरोना संक्रमण पुष्टि भएपछि वैशाख २० गते अस्पताल भर्ना भएकी थिइन् ।
योसँगै बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेमा बाँके जिल्लाका १४१ जना रहेका छन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
