राजनीति

एमालेभित्र इमान्दार कम्युनिस्ट धेरै छन्, वाम एकता गर्नुपर्छ : प्रचण्ड

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम एकता गर्नुपर्ने अझै आवश्यकता रहेको बताएका छन् ।

शुक्रबार भ्लादिमिर इल्यिच लेनिनको १५२ औं जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७३ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले नेतृत्वले गलत निर्णय गर्दा पार्टी विघटन भएकाले इमान्दार कम्युनिस्ट कार्यकर्ता मिलेर वाम एकता गर्नुपर्ने धारणा राखेका हुन् ।

बिज्ञापन

‘पार्टी स्थापना दिवस तथा लेनिन जयन्तीको दिनले इमान्दार कम्युनिष्ट सबैलाई फेरि एकपटक कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नुछ । फेरि नेपालको समाजवादी आन्दोलनलाई नयाँ शिराबाट अगाडि बढ्ने वातावरण बनाउनु छ भन्ने उत्प्रेरणा उर्जा सबैलाई दिओस् भन्ने अपील गर्न चाहन्छु ।’

एमाले र माओवादीको एकता सहि भएको बताउँदै प्रचण्डले समाजवादी क्रान्तितिर जाँदै गर्दा पार्टी विघटन भएको स्मरण गरे । प्रचण्डले नेतृत्वमा देखिएको विचलनका कारण कम्युनिस्ट आन्दोलन गन्तव्यमा पुग्न नसकेको स्पष्ट पारे ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।