राष्ट्रिय समाचार

दुई वर्षपछिसम्म पालो भएका स्मार्ट ड्राइभिङ लाइसेन्सका आवेदन यही वैशाखभित्र टुङ्ग्याइने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी । स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि खुलाइएको अनलाइन आवेदन भर्ने सेवाग्राहीको कार्यालयमा उपस्थित हुने मिति नै दुई वर्षसम्म पछिको छ । तर यातायात कार्यालयहरूले त्यस्ता सबै आवेदकहरूलाई फास्ट ट्रयाकमा यही वैशाखभित्र अगाडि बढाउन थालेका छन् ।

त्यसका लागि विभिन्न कार्यालयहरूले बायोमेट्रिक दर्ता गर्न आउन भन्दै छुट्टा छुट्टै सूचना समेत प्रकाशन गर्न थालेका छन् । यस्तोमा ठूलो भ¥याङ यातायात व्यवस्था कार्यालयले बिहीबार एक सूचना प्रकाशित गर्दै २०८१ असार मसान्तमा अफिस भिजिट रहेका सेवाग्राहीलाई यही वैशाखभित्र सम्पर्कमा आउन आग्रह गरेको छ ।

बिज्ञापन

पुराना सबै आवेदनको प्रक्रिया अगाडि बढाउन कार्यालय बिहान ७ बजेदेखि नै खोल्न थालिएको छ । यसरी यही वैशाख २५ गतेभित्र २०७८ फागुन महिनासम्म अनलाइन फाराम भरेका सम्पूर्ण सेवाग्राहीको बायोमेट्रिक दर्ता सम्पन्न भइसक्ने यातायात व्यवस्था कार्यालय ठूलो भ¥याङ्गले जनाएको छ ।

त्यस्तै अफिस भिजिट मिति छुटफुट भएका सेवाग्राहीहरूका बायोमेट्रिक दर्ताका लागि समेत विशेष व्यवस्था मिलाइएको छ । त्यसका लागि आइतबारदेखि बुधबारको बीचमा कार्यालयमा सम्पर्क गर्नुपर्ने कार्यालय प्रमुख सञ्जय थापाले बताए ।

दिउँसोको समयमा लोड धेरै हुने भएकाले सर्भरमा दबाब पर्ने र काम कारबाही ढिलो हुने भएकाले कार्यालय समय बिहानैदेखि सुरु गरिएको हो । पुराना सबै आवेदनको प्रक्रिया यही वैशाखभित्र सम्पन्न गरी जेठ १ देखि लाइसेन्सका लागि नयाँ आवेदन खुलाउने यातायात व्यवस्था विभागको तयारी छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।